नेपाल इन्स्योरेन्सले माग्यो कार्यालय प्रमुख

  २०८० भदौ २७ गते ८:३६     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले कार्यालय प्रमुखका लागि विज्ञापन आह्वान गरेको छ । कम्पनीले दार्चुला जिल्लामा रहि कार्य गर्नका लागि कार्यालय प्रमुख (वरिष्ठ सहायक तथा कनिष्ठ अधिकृत)पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार कार्यालय प्रमख पदका लागि कृषि विषयमा स्नातक गरेको ब्यक्ति हुनु पर्नेछ । त्यस्तै, कृषि क्षेत्रमा काम गरेको र दुई पांग्रे सवारीचालक अनुमतिपत्र प्राप्त गरेको र विज्ञापन प्रकाशन भएको मितिसम्म ३५ वर्ष उमेर ननाघेको हुनु पर्ने कम्पनीले जनाएको छ ।

इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको मानव स्रोत तथा व्यवस्थापन सेवा विभागमा काठमाडौंमा आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.