२०८० भदौ २६ गते १९:२४ विकासन्युज
काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । मंगलबार बैंक र चाबहिलको ओम अस्पतालबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालको विभिन्न सेवामा सो मात्राको छुट पाउने भएका हुन् ।
सो सम्झौता लागू भएसंगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट आईपीडी डाइगनोष्टिक, फारमेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.