टेक्सास् कलेजमा ८ सय विद्यार्थी बिदा भए, ९ सय भित्रिए [फोटोफिचर]

  २०८० भदौ २६ गते १९:२९     विकासन्युज

काठमाडौं । टेक्सास् इन्टरनेशनल कलेजले फेरवेल कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रममार्फत कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र १२ सक्ने विद्यार्थीको लागि फेरवेल अर्थात बिधाई गरेको हो ।

टेक्सास् नेटवर्कका निर्देशक नारायण पोखरेलले कार्यक्रम कक्षा ११ का करिब ९ सय विद्यार्थीलाई स्वागत गरेको र करिब ८ सय विद्यार्थीलाई बिधाई गरेको बताए ।

‘पढाइ कक्षामा मात्रै हैन, बाहिर पनि हुन्छ जसलाई सँगसँगै लिएर जान सकिन्छ र पढाई यसको सहयात्री बनाउन सकिन्छ भन्ने सन्देश दिने उद्देयका साथ कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.