एसआरएमले ल्यायो साढे ४४ लाखको विद्युतीय माइक्रोबस, खरिदमा बीमादेखि क्यास ब्याकसम्मको अफर 

  २०८० भदौ २६ गते १८:०५     विकासन्युज

काठमाडौं । पूजा कन्स्ट्रक्सन नेपालले एसआरएम एक्स ३० एल ईभी माइक्रोबस सार्वजनिक गरेको छ । कम्पनीले मंगलबारदेखि शुरु भएको नाडा अटो शोमा उक्त ईभी माइक्रोबस सार्वजनिक गरेको हो ।

सो माइक्रोबस छोटो दुरीको लागि उपयुक्त मानिने कम्पनीले बताएको छ । यस माइक्रोबसमा ४१.८६ किलोवाटको ब्याट्री जडान भएको छ भने यसको ब्याट्री ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।

कम्पनीका अनुसार फुल चार्ज सो भ्यान ३०० किलोमिटरसम्म गुड्ने छ ।

१८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको सो ईभी भ्यानको टप स्पीड प्रतिघण्टा १०० किलोमिटर रहेको छ । कम्पनीले यस भेहिकलको मूल्य  ४४ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

बीमादेखि क्यास ब्याकसम्मको अफर 

कम्पनीले गाडी सार्वजनिक गरेसँगै खरिदमा विशेष अफरको पनि व्यवस्था गरेको छ । कम्पनीले माइक्रोबस खरिद गर्नेहरूलाई लक्षित गर्दै अफर ल्याएको हो ।

उक्त अफर अन्तर्गत ग्राहकले एसआरएमको भ्यान किन्दा ५० हजार बराबरको नगद छुट पाउनुका साथै एक वर्षको सवारी बीमा निःशुल्क पाउनेछन् ।

त्यस्तै, कम्पनीले एक वर्षको सडक दस्तुर पनि तिर्दिने छ । साथै, कम्पनीले भ्यानले खपत गरेको ७ किलोवाटसम्म विद्युतको पनि रकम तिरिदिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.