अब टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा उपलब्ध

  २०८० भदौ २६ गते १७:०६     विकासन्युज

काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराजबीच सहर्काय गर्ने सम्झौता भएको छ । अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ ।

काठमाडौं स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थिती रहेकाे थियाे ।  उपत्यका भित्रका खुद्रा बिक्रेताहरु अनि देशभरका टाटा गुरुहरुको उपस्थितिमा सिप्रदी अटोपार्टस् प्रालिका सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगरबीच सहमति र सहकार्यको सम्झौता भएको हो ।

अब टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मुल्यमा जेन्युइन पाटसहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.