अप्रिलियाको ‘एसआर-१६०’ स्कुटर सार्वजनिक, ५ रङमा पाइने

  २०८० भदौ २६ गते १७:२१     विकासन्युज

काठमाडौं । अप्रिलियाको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्व प्रालिले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शोको अवसर पारेर ‘अप्रिलिया एसआर-१६०’ सार्वजनिक गरेको हो ।

१६० सीसीको उक्त स्कुटर पेट्रोलबाट चल्ने कम्पनीका सिनियर सेल्स म्यानेजर बिभाब कार्कीले बताए । १५५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको सो स्कुटरको सिटको उचाइ ७८० मिलिमिटर छ ।

कार्कीका अनुसार याे स्कुटर खैरो, सेतो, कालो, रातो र निलो गरी ५ वटा रङमा पाइने छ । जसको कर्ब वजन १२२ केजी रहेको छ । त्यस्तै, स्कुटरमा ६ लिटरसम्म पेट्रोल अट्ने फिउल ट्याङ्कीको जडान भएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा यो स्कुटरको मूल्य ३ लाख ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मूल्य अन्य स्कुटरको तुलनामा कम रहेको कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.