भृकुटीमण्डपमा देखिन थाल्यो नाडा अटो शोको रौनक (फोटोफिचर)

  २०८० भदौ २६ गते १७:०६     विकासन्युज

काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ‘नाडा अटो शो २०२३’ सुरु भएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शो मंगलबार अर्थात भदौ २६ गतेबाट सुरु भएको हो ।
भदौको ३१ गतेसम्म सञ्चालन हुने शोमा विभिन्न कम्पनीहरुका दुईदेखि चार पाँग्रे विद्युतीयदेखि पेट्रोलबाट चल्नेसम्मका साना ठूला गाडी प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता छ ।
अटो शो लक्षित गर्दै धेरै कम्पनीले नयाँ गाडी लन्च पनि गरेको छन् । अटो शोमा भ्रमण गर्न आउने ग्राहकका लागि अफरको पनि व्यवस्था गरिएको कम्पनीहरु बताउँछन् । अटो शो अगावै केही कम्पनीहरूले शोमा आएर आफ्नो गाडी खरिद वा बुकिङ गरेको खण्डमा विभिन्न अफर सार्वजनिक गरेका थिए ।
सुस्ताएको नेपाली अटाे बजारलाई चलायमान बनाउन अटो शोले मद्दत पुर्याउने नाडा अध्यक्ष डा. ध्रुव थापाले बताए ।  प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने पनि थापाले बताए ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले मंगलबार दिउँसो उक्त अटो शोको उद्घाटन गरेका हुन् ।
नाडा शोको पहिलो दिनमै सयौं संख्यामा मानिसको उपस्थिति रहेको छ । शोमा बीवाईडी, टाटा, महेन्द्रा, एमजी लगायतका कम्पनीहरूको गाडी पनि देख्न पाइन्छ ।
नाडाका अनुसार अटो शोमा १२० भन्दा बढी स्टल राखिएको छ । उक्त शो हेर्न आउनेले प्रवेश शुल्क तोकिएको छ । सो अनुसार विद्यार्थीले १५० र अरुले भने २०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.