सर्भेयरको लाइसेन्स परीक्षा अनलाइनबाटै, शुल्क नबिल बैंकमा जम्मा गर्नुपर्ने

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तालिम लिएका सर्भेयरहरुको लाइसेन्स परीक्षा अनलाइनबाट हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सर्भेयरहरुको परीक्षा असोज २ गते अनलाइनबाट हुने जानकारी गराएको हो । उक्त परीक्षा बिहान ११ बजेदेखि हुने छ । प्राधिकरणका अनुसार परीक्षा दिने सर्भेयरहरुले भदौ ३० गतेसम्म रजिस्टर गरिसक्नु पर्ने छ । र, रजिष्टर भएको [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तालिम लिएका सर्भेयरहरुको लाइसेन्स परीक्षा अनलाइनबाट हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सर्भेयरहरुको परीक्षा असोज २ गते अनलाइनबाट हुने जानकारी गराएको हो ।

उक्त परीक्षा बिहान ११ बजेदेखि हुने छ ।

प्राधिकरणका अनुसार परीक्षा दिने सर्भेयरहरुले भदौ ३० गतेसम्म रजिस्टर गरिसक्नु पर्ने छ । र, रजिष्टर भएको व्यक्तिहरुको नाम भदौ ३१ गते सार्वजनिक हुने प्राधिकरणले जानकारी गराएको छ ।

उक्त परीक्षाको लागि सर्भेयरहरुले पाँच सय रुपैयाँ दस्तुर बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ । जसको लागि नबिल बैंकको खाता नं. ०११००१३०११००१ मा र नाममा नेपाल इन्स्योरेन्स अथोरिटी लेख्नुपर्ने प्राधिकरणले जानकारी गराएको छ ।

Share News