बुढानिलकण्ठ नगरपालिकासँग समन्वय नगरी कार्य गरेकोले महानगरलाई रोक लगाएको हो : अधिवक्ता गिरी

  २०८० भदौ २६ गते १०:३९     विकासन्युज

काठमाडौं । मालपोत कार्यालयमा दर्ता कायम, अहिले घरसमेत रहेको र त्यहीँ बसोबास गरिरहेको घरजग्गाको सीमानामा रहेको ढलमाथि बनेको एकमात्र निकास बाटो रोक्ने गरि काठमाडौ महानगरपालिकाले जबरजस्ती डोजर लगाई ढल खोल्ने कार्यलाई उच्च अदालत पाटनले रोक लगाएको छ ।

उच्च अदालत पाटनले काठमाडौ उपत्यका बिकास प्राधिकरणबाट ठेक्का प्राप्त गरी निर्माण भईरहेको बक्स कलर्भट निर्माण कार्यमा अवरोध नर्गन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्याधिसद्धय दुर्गा बहादुर बिश्वकर्मा र अमृत बहादुर बस्नेतको सयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

उच्च अदालतले दिएको आदेशमा भनिएको छ काठमाडौ महानगरपालिकाले आनि गुम्बा देखि आराम्भ चोकसम्म समेत तथा बक्स कन्र्भटको सरोकारवाला तथा बिनियोजित बजेट समेत प्रभाबित भई निबेदकहरुलाई अपुरणिय क्षति हुने देखिदा प्रस्तुत निबेदनको अन्तीम टुङ्को नलागेसम्म निबेदकहरुको बासस्थान तथा हाल चालु रहेको बक्स कलर्भट निर्माणको कार्यलाई अवरोध हुने गरी कुनै पनि अनधिकृत काम कार्यान्यन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिएको छ ।

हरिराम श्रेष्ठले दायर गरेको रिटमा निबेदकको तर्फबाट अधिवता बिष्णु कुमार गिरी, दुर्गा कोईराला भूपाल ढकालले बहस गरेका थिए । काठमाडौ महानगरपाकिलाको तर्फबाट अधिवत्ता ओम प्रकास अर्याल, तथा बुढानिलकष्ठ नगरपालिकाको तर्फबाट अधिवत्ता पुन्य प्रसाद काफ्लेले बहस गरेका थिए अधिवत्ता बिष्णु कुमार गिरीले महानगरपाकिलाले कुनै योजना बिना एक्लौटी तरीकाले छिमेकी नगरपालिकासँग समेत समन्वय नगरी कार्य गरेकोले अदालतले महानगरको कार्यलाई रोक लगाएको बताए ।

काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ६ र बुढानिलकण्ठ न.पा. वडा नं. १० को सीमानामा पर्ने जग्गामा घर बनाइ बर्षौँदेखि बसोबास गर्दै आएका छौं । हामी निवेदकहरुले धेरै बर्ष पहिलादेखि आआफ्ना सम्पत्तीहरु स्वतन्त्रपुर्वक भोग चलन गरिरहेका छौं । यस स्थानमा कयौ अन्य स्थानबाट समेत आफ्नो घर जग्गा विक्रि गरि, यस स्थानमा घरजग्गा खरिद गरि, सम्बन्धित स्थानीय तहबाट नक्सा पास गराइ, कानुन बमोजिम तिर्नु पर्ने सम्पूर्ण राजस्व (कर) तिरीबसोबास गरि रहेको अवस्थामा एक्कासी साउन २५ गतेका दिन विपक्षी काठमाडौं महानगरपालिकाले डोजरसहितको हाम्रो छिमेकको घरजग्गामा प्रवेश गरि उहाँहरुलाई आतंंकित गरि हाम्रो घर छिमेकमा बनेको ढलनिकास र त्यसमाथि बनेको पिच सडक खन्ने तथा भत्काउने गरे ।

खुल्ला ढल निकास भई मरेका जिबजन्तु, घरका फोहरहरु समेत फ्याकी, दुर्गन्धित भई हिड्नै नसकिन, टाउको दुख्ने वाकवाकी लाग्ने जस्ता समस्या आई आउँ, हैजा, टाईफाईड जस्ता महामारि रोग फैलिन थालेपछि २०६१ सालमानै उपभोक्ताहरुको समिति बनाई जिल्ला बिकाश समिति काठमाण्डौ र तत्कालिन कपन गा.बि.स., का.म.न.पा. –६ समेतको सरकारी बजेट र सहयोगमा ढल पाईप राखि खुल्ला ढललाई ब्यबस्थित गरिएको हो । उक्त इलाकामा २०६४ सालको पुनः नापिमा बाटोको रुपमा नाप नक्सा समेत भई सकेको छ । ठुलो मात्रामा उक्त ढलमा कपन तथा का.म.न.पा तर्फका आरुबारी महाँकाल गा.वि.स.समेतबाट सहायक ढल हाली उक्त ढलमा बर्षादको पानी नअटेको कारण बक्स कल्भर्टबाट मात्र निकास हुने भएकोले संघिय बजेटपरि काठमाडौं उपत्यका बिकास प्राधिकरणबाट ठेक्का लागि साततल्ले आनिगुम्बा सडक भनि बक्स कल्भर्ट काम सुरु भई सकेको छ ।

आनी गुम्बा तर्फबाट बक्स कल्भर्टको धेरै भाग सम्पन्न भइ केहि भाग मात्र बाँकी छ भने तेन्जीङ चोक तर्फबाट आएको बक्स कल्भर्ट सम्पन्न भई सकेको छ । आनी गुम्बादेखि आरम्भ चोक सम्मको बक्स कल्भर्टको कार्य केहि समयमा सम्पन्न हुन लागेकाले त्यस भन्दा तल खुल्ला राख्दा ढलको दुर्गन्धले स्वच्छ वाताबरणमा बस्न पाउने नागरिकको मौलिक हक माथि आघात पुगेको छ रिटमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.