बीवाईडीको ‘डल्फिन’ ईभी गाडी सार्वजनिक, मूल्य ३९ लाख ८० हजार रुपैयाँ

<p>काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’ गाडी सार्वजनिक गरेको हो । कार्यक्रममा बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले डल्फिन गाडी नेपाली बजारमा लोकप्रिय बन्ने अपेक्षा लिएको बताइन् । ‘डल्फिन फिचरका हिसाबले आफैमा सुविधा सम्पन्न गाडी हो, यसको [&hellip;]</p>

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’ गाडी सार्वजनिक गरेको हो ।

कार्यक्रममा बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले डल्फिन गाडी नेपाली बजारमा लोकप्रिय बन्ने अपेक्षा लिएको बताइन् । ‘डल्फिन फिचरका हिसाबले आफैमा सुविधा सम्पन्न गाडी हो, यसको मूल्य पनि थोरै छ, यो गाडी सबैले रुचाउने आशा लिएका छौं,’ उनले भनिन् ।

यस्तै, ब्राण्ड एम्बेसडर कलाकार हरिवंश आचार्यले डल्फिन गाडीमा आधुनिक प्रविधिको फिचर भएकाले सुविधा सम्पन्न रहेको बताए । ‘ बीवाईडी गाडी कुदाउनदेखि सुविधाका हिसाबले पनि उपयुक्त छ, वातावरणीय हिसाबले पनि ईभीका गाडी उपयुक्त हुने भएकाले अब भविष्य ईभीकै छ,’ उनले भने ।

कम्पनीका अनुसार डल्फिन ईभी गाडीमा ४४.९ किलोवाट आवर (युनिट) को ब्याट्री जडान भएको छ भने ७० किलोवाट क्षमताको मोटर राखिएको छ । लिथियम-आयन ब्याट्री जडान भएको यस गाडीको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ ।

नयाँ डिजाइन र आकर्षक लुक्स रहेको यो गाडी धेरैको रोजाइमा पर्ने अपेक्षा कम्पनीले राखेको छ । सो गाडीको ग्राउन्ड क्लियरेन्स भने १८५ मिलिमिटर रहेको छ ।

गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्ड जस्ता सुविधाहरू रहेका छन् ।

कम्पनीले सो गाडी ४ वटा रङमा उपलब्ध रहेको बताएको छ । गाडीमा १६ इन्चको अलोय ह्विल छ भने ह्विलबेस २ हजार ७ सय एमएम रहेको छ । त्यस्तै, विभिन्न विशेषता रहेको यो गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ ।

Share News