होन्डा नेपालले ल्यायो पाँच सिटर एलिभेट, यस्तो छ भेरियन्टसहितको मूल्य

<p>काठमाडौं । होन्डा नेपालले ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । यो एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ । कम्पनीका अनुसार होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । त्यस्तै, यो गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले [&hellip;]</p>

काठमाडौं । होन्डा नेपालले ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । यो एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ ।

कम्पनीका अनुसार होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । त्यस्तै, यो गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ ।

२२० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै, एलिभेटले एसयूभीहरुका लागि नयाँ मानक सेट गरेको छ । त्यस्तै, गाडीको इन्जिनले १२१ पिएस (लगभग ११९ हर्स पावर ) को प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीको भनाइ छ ।

होन्डा एलिभेट नेपालभरिका आधिकारिक होन्डा डिलर शिपहरूमा उपलब्ध हुनेछ ।

Share News