बजारमा देखियो स्कोडा ‘स्लाभिया’, मूल्य कति पर्छ ?

  २०८० भदौ २४ गते १७:३१     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा नयाँ नयाँ मोडल सार्वजनिक गर्ने दौडधुप चलिरहेकोमा अटो शोमा सहभागि नभएको स्कोडाले भने चुपचाप नयाँ मोडल बजारमा ल्याएको छ । कम्पनीले कम्प्याक्ट सेडान स्लाभिया नेपाल ल्याएको हो ।

र्यापीडको स्थानमा आएको भएपनि स्लाभिया निकै प्रिमियम र फिचर लोडेड हुनेछ । यसको मूल्य पनि र्यापीडको तुलनामा महंगो हुने देखिएको छ । स्कोडाको आधिकारीक बिक्रेता एमएडब्लू स्कोडाले एक दुई दिन भित्रै यसको बिक्री सुरु गर्ने जनाएको छ ।

स्लाभियामा कसशकको जस्तै १.० लिटर टीएसआई पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसमा रहेको थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध छ ।

स्कोडा स्लाभिया एक्टीभ, एम्वीसन र स्टाईल भेरियन्टमा भारतमा उपलब्ध छ । नेपाल भने कुन भेरियन्टमा लन्च हुन्छ, त्यसको जानकारी प्राप्त भएको छैन ।

फक्सवागेन टाइगुन र स्कोडा कुशक जस्तै स्लाभिया पनि ‘एमक्यूबी एजीरो आइएन प्लेटफर्म’मा बनेको कार हो । यसको लम्बाई ४५४१ एमएम, चौडाई १७५२ एमएम र उचाई १४८७ एमएम रहेको छ । स्लाभियामा २६५१ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

ड्यूल टोन इन्टेरियर रहेको स्कोडा स्लाभियामा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । सनरुफ, वायरलेस चार्जर, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटीकि क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सीट, ६ वटा एयरव्याग, टीपीएमएस, इएससी, इडिएस जस्ता आधुनिक फिचर यसमा पाउन सकिन्छ ।

यसको मूल्य भने आधिकारीक रुपमा बाहिर आएको छैन । यद्यपि, ४५ लाखदेखि ६० लाख रुपैयाँ भित्रै यसका सबै भेरियन्ट उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.