जेसिस्टको राया–जी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

  २०८० भदौ २४ गते १६:५५     विकासन्युज

काठमाडौं । जेसिट्को नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आएको छ । दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल्सले ‘राया जी’ इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो ।

कम्पनीले यसअघि जेटिस्को ‘जी १’ मोडल मात्रै बिक्री गर्दै आएको थियो । अब भने अर्को ‘राया जी’ मोडल थप भएको हो ।

कम्पनीले ल्याएको नयाँ मोडल राया जीमा १.५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । उक्त मोटरले ४ हर्सपावर र २६ एनएम टर्क जेनेरेट गर्छ ।

राया जी स्कुटरमा ७२ भोल्ट २० एम्पिएरको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ५० किलोमिटरसम्म गुडाउन सकिन्छ । साथै, यसमा डबल ब्याट्रीको प्रयोग गर्न सकिन्छ । यदि दुबै ब्याट्री फुल चार्ज छ भने यसको रेन्ज १०० किलोमिटरसम्म हुनेछ ।

यो स्कुटरको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । त्यस्तै, डबल डिस्क ब्रेक, एलईडी लाइट, राइड मोड, फुल डिजिटल डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ ।

दुई ब्याट्री अप्सनमा आउने यो स्कुटरको सिंगल ब्याट्रीको मूल्य ३ लाख २० हजार र डबल ब्याट्रीसहितको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले नक्सालमा शोरुम स्थापना गरेर जेसिट् इलेक्ट्रीक स्कुटरको बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.