एक किलोमिटर तीन सय मिटर दूरीको गलेश्वर–राहुुघाटखण्डमा पूरै सडक कालोपत्रे गरिएको छ भने कैकुुखोला–खन्तीखण्डकमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक कालोपत्र गर्न विसं २०७८ मा ठेक्का सम्झौता गरेका ठेकेदार डेढ वर्षपछि काममा फर्किएका योजना प्रमुख प्रजापतिले जानकारी दिए ।
तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौँ खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन वर्षपछि ठेकेदार काममा फर्किएका छन् । ८५ प्रतिशत भौतिक प्रगति भएको यो खण्डको सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुुगेको छ ।
जोमसोम–कोरला खण्डको अन्य छ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकेर निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेका योजना प्रमुख प्रजापतिले बताए ।
अठार किलोमिटर दूरीको कागबेनी–ताङ्वे बज्रगुरु खड्गकृष्ण जेभी, ११ किलोमिटर ताङ्वे– चैलेको दिवाडाफे एपेक्स जेभी, ११ किलोमिटर दूरीको चैले–भेनाको कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र १२ किलोमिटर भेना–झैते सडक कञ्चनजङ्गा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए ।
झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्गा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । तेह्र किलोमिटर दूरीको मालढुङ्गा–बेनी खण्डको ४२, तीन किलोमिटर दूरीको बेनी–गलेश्वर खण्डको ८५ प्रतिशत, राहुघाट–नारच्याङ पुल खण्डको ८५ प्रतिशत, नारच्याङपुल–घाँसा खण्डको ६० प्रतिशत प्रगति भएको छ । म्याग्दीको राहुुघाटदेखि मुस्ताङको घाँसा खण्डको सडक पहिरोले असर पारको छ ।
योजनामार्फत आठ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । बाह्रवटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । यस सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस