सानिमा रिलायन्स लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

  २०८० भदौ २२ गते ७:३७     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनस दर निर्धारण गरेको हो । सो प्रतिवेदनलाई प्राधिकरणले भदौ १९ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सले सावधिक जीवन (रेगुलर) बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । कम्पनीका अनुसार सावधिक जीवन बीमा योजनामा १३ हजार ९५२ बीमा लेख संख्या जारी गरेका छन् ।

यस्तै, सावधिक जीवन (एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएको हो । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । यस योजना अन्तर्गत कम्पनीले ७९६ बीमा लेख जारी गरेको छ ।

यस्तै, त्रिपल सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमध्ये १० देखि १४ वर्ष अवधि र १५ देखि १९ वर्ष अवधिको २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २५ रुपैयाँ र २५ वर्षदेखि माथिको ३० रुपैयाँ बोनस दर प्रदान गर्नेछ । सो योजनाअन्तर्ग कम्पनीले ७९६ बीमा लेख बिक्री गरेको छ ।

यस्तै, कम्पनीको दम्पत्ति सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनस दर प्राप्त गर्न सकिनेछ । जसमध्ये १५ देखि १९ वर्ष अवधिको २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २५ रुपैयाँ र २५ वर्षदेखि माथिको ३० रुपैयाँ बोनस दर प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार यस योजनामा २ हजार ७२ बीमा लेख जारी गरेको छ ।

त्यसैगरी सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधिको र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । सावधिक तथा आजीवन बीमा योजनाका २ हजार ९९९ वटा बीमा लेख जारी गरेको छ ।

यस्तै, अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४१ रुपैयाँसम्म बोनस दर निर्धारण गरिएको छ । जसमध्ये १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ बोनस दर तोकेको हो ।

वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमध्ये १५ देखि १९ वर्ष अवधिको १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको २१ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

कम्पनीका अनुसार अग्रिम भुक्तानी योजनाका १ हजार ४२४ र वार्षिक अग्रिम भुक्तानी योजनाका ४ हजार ६३५ बीमा लेख जारी गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनस दर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागू हुने जनाएको छ । साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन नभएसम्मका लागि सोही बोनस दर लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.