लगातार दुई दिन सार्वजनिक बिदा 

  २०८० भदौ २१ गते १७:५४     विकासन्युज

काठमाडौं । बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।

चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा बागमती प्रदेश सरकारले भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । शनिबार नियमित सार्वजनिक परेकाले लगातार दुई दिन सार्वजनिक विदा परेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चेपाङहरूको प्रमुख चाड छोनाम ‘न्वागी’ हो । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् । भदौ २२ लाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । छोनामको दिन घैयाँ धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.