काठमाडौंमा शोक विदा दिने निर्णय

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि महानगरले शोक विदा दिएको हो । शुक्रबार महानगर र महानगर अन्तर्गतका कार्यालयहरु बन्द रहने महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार उपचारको क्रममा वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएको थियो । महानगरले शुक्रबार महानगरपालिका र [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि महानगरले शोक विदा दिएको हो ।

शुक्रबार महानगर र महानगर अन्तर्गतका कार्यालयहरु बन्द रहने महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार उपचारको क्रममा वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएको थियो ।

महानगरले शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा बिदा दिएपछि महानगरभित्र लगातार दुई दिन शुक्रबार र शनिबार विदा हुने भएको छ ।

Share News