नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावरमा विलय हुने, स्वाप रेसियो कति ?

<p>काठमाडौं । नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावर कम्पनीमा गाभिने तथा विलय हुने भएको छ । दुवै कम्पनीबची मर्जर सम्झौता भई नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावर कम्पनी समाहित हुने भएको हो । दुवै कम्पनीबीच सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् म्याग्दी हाइड्रोपावरको १ कित्ता सेयर बराबर मर्जरपश्चात् नागरिक उर्जा [&hellip;]</p>

काठमाडौं । नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावर कम्पनीमा गाभिने तथा विलय हुने भएको छ । दुवै कम्पनीबची मर्जर सम्झौता भई नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावर कम्पनी समाहित हुने भएको हो ।

दुवै कम्पनीबीच सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् म्याग्दी हाइड्रोपावरको १ कित्ता सेयर बराबर मर्जरपश्चात् नागरिक उर्जा बुटवल कम्पनीको १ कित्ता सेयर कायम हुनेछ ।

मर्जरपश्चात् म्याग्दी हाइड्रोपावर कम्पनीको नामबार एकीकृत कारोबार सुरु हुनेछ ।

म्याग्दी हाइड्रोपावरमा समाहित हुने प्रस्ताव पारित गर्न नागरिक उर्जा बुटवलले वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले असोज ११ गते बिहान ११ बजे बुटवलमा साधारण सभा बोलाएको हो ।

सभाले नागरिक उर्जा बुटवल कम्पनी म्याग्दी हाइड्रोपावर कम्पनीमा समाहित गर्न लेखापरिक्षक नियुक्त गर्नेछ । यस्तै, दुवै कम्पनीबची भएको मर्जरको प्रारम्भिक सम्झौता लगायत सम्पूर्ण कामकारवाही अनुमोदन गर्नेछ ।

Share News