कार्यकक्षको अश्लिल भिडियो बाहिरिएपछि सम्पर्कमा छैनन् रेश्मा, कारबाहीको तयारीमा गाउँपालिका

  २०८० भदौ २० गते १७:३८     विकासन्युज

काठमाडौं । गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसँगको अश्लिल भिडियो सार्वजनिक भएपछि इलामको माईजोगमाई गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रेश्मा राई कार्यालयको सम्पर्कमा नरहेको पाइएको छ ।

माईजोगमाई गाउँपालिकाको लेखा अधिकृतको जिम्मेवारीमा रहेकी राईले प्रमुख प्रशासकीय अधिकृत रिक्त भएपछि निमित्तको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।

उनकै कार्यकक्षमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहितको अश्लिल क्रियाकलाप भएको सीसीटिभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत रेश्मा राईको अश्लिल भिडियो गत असारमै सीसीटिभीमा रेकर्ड भएको र अहिले बाहिरिएको पाइएको छ । उक्त भिडियो मंगलबार साँझ इन्टरनेटमा सार्वजनिक भएको थियो ।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भिडियो केही महिना अघिकै हुनसक्ने बताए ।

काजीमान राईको भने गत असारमा नै मुख्यमन्त्रीको कार्यालय विराटनगरमा सरूवा भइसकेको थेबेले बताए । उनको सरुवा भएपछि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि रेश्मा राइले नै सम्हालेकी थिइन् ।

गाउँपालिकको बेभसाइटमा भने प्रमुख प्रशासकीय अधिकृत भनेर काजीमान राईकै नाम राखिएको छ ।

‘काजीमान राई गाउँपालिकामा अधिकृत भएर ५/६ महिना मात्रै काम गर्नुभयो । गएको असारमै उहाँको सरुवा मुख्यमन्त्रीको कार्यालयमा भएको छ’, अध्यक्ष थेबेले भने ।

तत्कालिन प्रशासकीय अधिकृत र लेखा अधिकृतले कार्यकक्षमै गरेको हर्कतको विषयमा बिहीबार कार्यपालिकाको बैठकमा छलफल हुने थेबेले बताए ।

इलाम जिल्लाका कजीमान विवाहित हुन् भने ओखलढुङ्गाकी रेश्मा अविवाहित महिला हुन् ।

‘गाउँपालिकाको सबै कार्यकक्षमा सीसीटिभी जडान गरिएको छ, यो अहिलेको भिडियो होइन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको नै दुई महिना हुन लागिसक्यो । पहिलेकै भिडियो अहिले बाहिरिएको हुनसक्छ । कार्यपालिकाको बैठकले उहाँहरूलाई कारबाहीको माग गरेर मुख्यमन्त्रीको कार्यालयमा पत्र पठाउने निर्णय गर्छ’, थेबेले भने ।

भिडियो बाहिरिएपछि लेखा अधिकृतलाई पनि तत्काल काम गर्न नदिने उनले बताए ।

भिडियो बाहिरिएपछि लेखा अधिकृत पनि कार्यालयको सम्पर्कमा नरहेको आफूले जानकारी पाएको थेबेले बताए ।

‘उहाँहरुबीच बाक्लो उठबस रहेको कुरा कार्यालयका कर्मचारीहरुले गर्ने गर्नुहुन्थ्यो । तर, हामीले धेरै चासो राखेका थिएनौ । कार्यालयबाट उहाँहरु सबैभन्दा अन्तिममा निस्कनुहुन्थ्यो’, अध्यक्ष थेबेले भने, ‘उहाँहरुको कामको चापले गर्दा नै अन्तिममा निस्कनु भएको होला भन्ने ठानेका थियौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.