डिशहोम फाइबरनेटको सेवा पोखराको दोधारा चाँदनीमा

  २०८० भदौ २० गते १६:४५     विकासन्युज

पोखरा । कास्कीको पोखरास्थित दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ ।

डिशहोमले पछिल्लो समय उपत्यका लगायतका आसपासका जिल्लाहरुमा आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बनिरहेको कम्पनीको दावी छ ।

पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अब डिशहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीले बताएको छ ।

कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइबरनेट नै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने विश्वास कम्पनीले लिएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.