नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा श्रेष्ठ नियुक्त

  २०८० भदौ १९ गते १३:३१     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक पदमा अमित श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीले भदौ १७ गते बसेको संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसिएफसी फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सञ्चालनकमा नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक पद रिक्त थिए । अमित श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढी काम गरेको अनुभव छ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.