वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान नियुक्त

  २०८० भदौ १९ गते १२:५७     विकासन्युज

काठमाडौं । वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड सुपरस्टार आयुष्मान खुराना नियुक्त भएका छन् । चौधरी समूहको सिजी कर्प ग्लोबल अन्तर्गतको वाइवाइ इन्डियाले बलिउड स्टार आयुष्मान खुरानालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको गरेको हो ।

वाइवाइ चाउचाउ २५ वर्षदेखि लोकप्रिय छ । आयुष्मान खुरानासँगको सहकार्य प्रमुख प्राथमिकतामा राखेको र छोटो समयमा सहकार्यलाई मूर्तरुप दिन सकेका सिजी फुड्स र सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बताए ।

वाइवाइ जस्तो ब्रान्डसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको खुरानाले बताएका छन् । यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको उनको भनाइ छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहने उनले बताए ।

वाइवाइले कोरियन स्पाइसी कुजिनको रुपमा डाइनामाइट ब्राण्डको चाउचाउ पनि बिक्री गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.