राष्ट्र बैंकले २७६ वटा कम्प्युटर खरिद गर्दै

  २०८० भदौ १७ गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कम्प्युटर खरिद गर्ने भएको छ । राष्ट्र बैंकले कार्यालय प्रयोजनका लागि २७६ वटा कम्प्युटर सामाग्री खरिद गर्ने जनाएको छ ।

एक सूचनका जारी गर्दै राष्ट्र बैंकले उक्त कम्प्युटर सामाग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ । बैंकका अनुसार अल इन वान ब्राण्डेड डेस्क्टप कम्प्युटर खरिद गर्ने छ ।

उक्त कम्प्युटर खरिद गर्न सम्बन्धित निकायबाट आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुपर्ने छ । ५ हजार रुपैयाँ शुल्क तिरेर कम्पनीहरुले भदौ २८ गतेभित्र तिरी रीतपूर्वक आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेश गर्दा १० लाख रुपैयाँ बैंकमा निक्षेप जम्मा गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.