इकोविट इलेक्ट्रिक स्कूटरमा फेस्टिबल स्किम, ११ हजार नगद छुट

  २०८० भदौ १४ गते १६:५०     विकासन्युज

काठमाडौं । इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरको लागि फेस्टिबल भाइब्स स्किम सुरु भएको छ ।

भदौ १५ देखि मसान्तसम्मको लागि फेस्टिबल भाइब्स स्किम ल्याइएको कम्पनीले बताएको छ ।

यस्तो स्किममा इकोविट ब्राण्डका स्कूटर खरिदमा ११ हजार छुटको व्यवस्था गरेको कम्पनीले विज्ञप्ति जारी गरेर बताएको छ । त्यसका साथै, एक बर्षको कर समेत कम्पनीले तिरिदिने र हरेक स्कुटरको साथमा हेलमेट समेत निःशुल्क दिने बताइएको छ ।

त्यसैगरी, स्कूटरको खरिदमा फाइनान्स र एक्स्चेन्जको समेत सुविधा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फाइनान्स र एक्स्चेन्जमा छुट सुविधाको स्किम लागू नहुने कम्पनीले बताएको छ ।

इकोविटका स्कुटरहरु खरिद गर्दा न्युनतम ३० प्रतिशत डाउनपेमेन्टमा ७० प्रतिशतसम्मको फाइनान्स सुविधा पाउने छन् । त्यसैगरी, अधिकतम १८ महिनासम्मको सरल किस्तामा शुन्य प्रतिशत व्याजदर लागु हुने कम्पनीले बताएको छ ।

पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साट्न पनि पाइने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.