ट्वीटरमा पनि अडियो र भिडियो कलको सुविधा हुने

<p>काठमाडौं । एलन मस्कले अब ट्वीटरबाट पनि अडियो र भिडियो कल गर्न सकिने सुविधा ल्याउने घोषणा गरेका छन् । ट्वीटरमा चाँडै ल्याउन लागिएको अडियो र भिडियो कलको सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याक सबै माध्यममा उपलब्ध हुने उनले बताएका छन् । उनी ट्वीटरमा लेखेका छन्, ‘एक्समा चाँडै अडियो र भिडियो कलको सुविधा दिइनेछ । यो [&hellip;]</p>

काठमाडौं । एलन मस्कले अब ट्वीटरबाट पनि अडियो र भिडियो कल गर्न सकिने सुविधा ल्याउने घोषणा गरेका छन् ।

ट्वीटरमा चाँडै ल्याउन लागिएको अडियो र भिडियो कलको सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याक सबै माध्यममा उपलब्ध हुने उनले बताएका छन् ।

उनी ट्वीटरमा लेखेका छन्, ‘एक्समा चाँडै अडियो र भिडियो कलको सुविधा दिइनेछ । यो फिचर आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्टको कम्प्युटरमा प्रयोग गर्न सकिनेछ ।’

ट्वीटरमा भिडिओ र भ्वाइस कलिङका लागि कसैलाई आफ्नो मोबाइल नम्बर दिइरहनु नपर्ने बताइएको छ । आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्ने एलन मस्कले भनेका छन् ।

ट्वीटर खरिद गरेपछि उनले विभिन्न परिवर्तनहरु गर्दै आएका छन् । उनले केही समय अघि ट्वीटरको लोगोबाट चरा हटाएर एक्स चिह्न राखेका छन् ।

त्यसबाहेक, ट्वीटरले केही बहुप्रतिक्षित फिचरहरु निकट भविष्यमै ल्याउने बताएको छ ।

Share News