सुजुकीको चाडपर्व लक्षित अफर : नगद छुट, एक्सचेन्ज बोनस र बीमा निःशुल्क

  २०८० भदौ १४ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्ग अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले दशैं तथा तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको हो ।

ग्राहकले सुजुकीको गाडी किन्दा एक लाख बराबरको नगद छुट पाउनुका साथै एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र एक वर्षको सवारी बीमा निःशुल्क पाउनेछन् ।

काठमाडौंमा भदौ २६ बाट सुरु हुने नाडा अटो शोको पूर्वसन्ध्यामा कम्पनीले पर्वोत्सव योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत नाडा अटो शोमा थप छुट समेत उपलब्ध गराउने कम्पनीले बताएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका सोरूमहरुमा लागू हुने कम्पनीले बताएको छ । सुजुकीका विभिन्न मोडलका गाडीमा फरक–फरक छुटका शर्तहरु लागू हुने कम्पनीले बताएको छ ।

यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.