नेपालको आक्रामक सुरुवात, पाकिस्तानको दोस्रो विकेट चैट

  २०८० भदौ १३ गते १५:५२     विकासन्युज

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध दुई विकेट लिएको छ ।

सुरुमा नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गर्दै दाेस्रराे विकेट लिएका हुन् ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.