बीपीले तीन वर्षमा इजिप्टमा ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने

  २०८० भदौ १२ गते १२:२३     विकासन्युज

काठमाडौं । उर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिश पेट्रोलियम (बीपी) ले आगामी तीन वर्षमा इजिप्टमा आफ्ना साझेदारहरुसँग ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

इजिप्टको राष्ट्रपति कार्यालयले सोमवार यसबारे एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र बीपीका कार्यकारी निर्देशक बर्नार्ड लुनीबीचको भेटपछि यो घोषणा गरिएको हो ।

लुनिनले लगानीले अनुसन्धान, अन्वेषण र विकासका क्षेत्रलाई समेट्ने बताए । इजिप्टका राष्ट्रपतिले बेलायती कम्पनीको इजिप्टमा बिस्तार भइरहेको र लगानीका साथै ग्याँस र तेलको खोज र उत्पादनमा योगदान हुने विश्वास व्यक्त गरे । बीपीले विगत ६० वर्षमा इजिप्टमा ३५ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.