यूनिक नेपाल लघुवित्तमा ५० जनालाई रोजगारीको अवसर

  २०८० भदौ ११ गते १६:३५     विकासन्युज

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।

कम्पनीले प्रशिक्षार्थी सहायकका लागि १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी गरी कुल ५० जना माग गरेको हो ।

अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरेको र २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ भने सहायकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.