माउन्टेन इनर्जीको सीईओमा दामोदर श्रेष्ठ नियुक्त

  २०८० भदौ ८ गते ११:०८     विकासन्युज

काठमाडौं । माउन्टेन इनर्जी नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ईन्जिनियर दामोदर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, कम्पनीको सञ्चालक मनोहर दास मुलले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । साथै भदौ ७ गतेबाट लागू हुने गरी बाँकी अवधिको लागि रिक्त रहेको सञ्चालक पदमा सुनिल प्रसाद राजभण्डारीलाई नियुक्त गरेको कम्पनी सचिव सम बहादुर भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.