सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान नजाने

  २०८० भदौ ५ गते १८:०४     विकासन्युज

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टीमसँग पाकिस्तान नजाने बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै क्यानले लामिछाने टीमसँग पाकिस्तान नजाने बताएको हो ।

आगामी भदौ १३ गतेदेखि पाकिस्तानमा हुँदै गरेको एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ । मुद्दाका कारण लामिछाने सो टीमसँग मंगलबार नजाने टीमका व्यवस्थापक प्रदीप मजगयाले सम्मेलन मार्फत जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.