ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी

  २०८० भदौ १ गते १२:४७     विकासन्युज

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

लघुवित्तले ४ पदका लागि विभागीय प्रमुखमा १ जना, अनुगमन अधिकृतमा केही, शाखा प्रमुखका लागि केही र सहायक कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी तथा प्रशिक्षार्थी सहायकका लाग केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । व्यवस्थापकिय श्रेणीमा आवेदन दिनका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिने लघुवित्तले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले तोकिएको कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.