पुल्चोक म्युजिक फेस्टमा द एलिमेन्ट्स र पहेलो बत्ती मुनीको प्रस्तुति

  २०८० साउन ३१ गते १९:५०     विकासन्युज

काठमाडौं । पुल्चोक म्युजिक क्लब तथा रिसर्च सेन्टरले म्युजिक फेस्ट आयोजना गर्न लागेको छ ।

आगामी शुक्रबार पूल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा म्युजिक फेस्ट आयोजना गर्न लागिएको हो ।

पुल्चोकमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले गठन गरेको म्युजिक क्लब तथा रिसर्च सेन्टरले सोही क्याम्पसका विद्यार्थी र अन्य व्यक्तिहरुको सहभागीता हुने गरी म्युजिक फेस्ट आयोजना गर्न लागेका हुन् ।

पुल्चोक म्युजिक फेस्टमा सांगीतिक समूह द एलिमेन्ट्स, पहेलो बत्ती मुनी लगायतले सांगीतिक प्रस्तुती गर्नेछन् ।

उक्त सांगीतिक कार्यक्रममा सहभागी हुनका लागि तीन प्रकारका टिकटको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

जसमा पुल्चोक इन्जिनियरिङ क्याम्पस अध्ययनरत विद्यार्थीका १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने क्याम्पस बाहिरका तर, सुरूमै टिकट लिनेहरुले २५० र सामान्य टिकटको मूल्य ३०० रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम शुक्रबार दिउँसो १ बजेपछि सुरु भएर राती ९ बजेसम्म चल्ने बताइएको छ ।

सांगीतिक ब्याण्डका अलवा कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पससहित अन्य विभिन्न क्याम्पसका विद्यार्थीहरुको पनि प्रस्तुती रहने बताइएको छ ।

पुल्चोक म्युजिक क्लब तथा रिसर्च सेन्टरले विगतमा पनि विभिन्न सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.