
काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा पनि भिडियो कल गर्ने सुविधा प्राप्त हुने भएको छ । ट्वीटरकी सिइओ लिन्डा याकारिनोले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सो विषय बताएकी हुन् ।
ट्वीटरका मालिक एलन मस्कले एक्सलाई ‘सम्पूर्ण एप’ बनाउन चाहन्छन् । उनले ट्वीटरमा भुक्तानी सेवा समेत थप गर्न लागेका छन् । यसअघि लिन्डा याकारिनोले प्लेटफर्ममा कलिङ सुविधाको बारेमा पनि जानकारी दिएकी थिइन् ।