नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंकको सीईओ नियुक्त

  २०८० साउन २६ गते २०:४५     विकासन्युज

 

काठमाडौं । पूर्व नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।

शुक्रबार म्यानमार सिटिजन्स बैंक लिमिटेडले खतिवडालाइ प्रमुख कार्यकारीको जिम्मेवारीमा नियुक्त गरेको हो ।

यसअघि खतिवडा उक्त बैंकको चिफ अपरेटिङ अफिसर थिए ।

म्यानमारको बैंकमा जानुअघि खतिवडाले एनआईसी एसिया बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए भने उनसँग प्रभु बैंकमा चिफ अपरेटिङ अफिसरको काम गरेको अनुभव थियो ।

उनले प्रभु बैंकमा नै प्रमुख कर्जा अधिकृतको जिम्मेवारी पनि समालेका थिए ।

उनले नविल बैंकबाट बैंकिङ क्षेत्र करिअर शुरू गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.