
काठमाडौं । एनसेल गत आर्थिक वर्षमा ३३८ वटा नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) टावरहरु जडान गरेको बताएको छ ।
मोबाइल सेवाको गुणस्तर सुधारको लागि यी नयाँ मोबाइल टावर जडान गरिएको एनसेलले बताएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नेपालभर राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्ने प्रयासका लागि यी टावर जडान भएको बताए ।
‘डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले जोडेका छौं’, कायुमोभले भने ।
एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा ६० जिल्लाका झण्डै एक हजार ४५० मोबाइल टावरहरुको स्तरोन्नती गरेको पनि बताएको छ ।
फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवा दिनका लागि देशभरी एनसेलका चार हजारभन्दा बढि फोरजी टावरहरु संचालनमा रहेको कम्पनीले बताएको छ ।