साइबर ठगीमा एआई प्रविधिको प्रयोग बढ्दै, जान्नुहोस कसरी हुन्छ ठगी

<p>काठमाडौं । प्रविधिको विकाससँगै सुविधा र दुरुपयोगको जोखिम पनि बढ्दै गएको छ । साइबर सुरक्षा सम्बन्धित विशेषज्ञहरुले नयाँ खतराप्रति प्रविधिका प्रयोगकर्ताहरुलाई सचेत गराएका छन् । साइबर ठग तथा अपराधीहरुले एआई प्रविधिको सहयोगमा तपाईंको निजी गोप्य जानकारी हासिल गरेर तपाईंलाई ठग्ने तयारी गरिसकेका छन् । यी अपराधीहरुले फ्रडजिपिटी तथा वर्मजिपिटी नामको अत्याधुनिक जेनेरेटिभ एआई च्याटबटको माध्यबाट [&hellip;]</p>

काठमाडौं । प्रविधिको विकाससँगै सुविधा र दुरुपयोगको जोखिम पनि बढ्दै गएको छ । साइबर सुरक्षा सम्बन्धित विशेषज्ञहरुले नयाँ खतराप्रति प्रविधिका प्रयोगकर्ताहरुलाई सचेत गराएका छन् ।

साइबर ठग तथा अपराधीहरुले एआई प्रविधिको सहयोगमा तपाईंको निजी गोप्य जानकारी हासिल गरेर तपाईंलाई ठग्ने तयारी गरिसकेका छन् । यी अपराधीहरुले फ्रडजिपिटी तथा वर्मजिपिटी नामको अत्याधुनिक जेनेरेटिभ एआई च्याटबटको माध्यबाट मानिसहरुमाथि ठगी गर्न शुरु गरेका छन् । यी च्याटबटको माध्यमबाट सक्कली जस्तै देखिने इमेल तथा म्यासेज पठाउन सक्छन्, तर ती वास्तवमा झुटा हुन्छन् ।

जान्नुहोस कसरी हुन्छ ठगी ?
हालसालै च्याटजिपिटी जस्तै एआई प्रविधिको विकासले ठगहरुलाई पनि अपराधको लागि नयाँ अवसर सिर्जना गरिदिएको छ । यस्तै प्रविधिमा फ्रडजिपिटी तथा वार्मजिपिटी जस्ता प्रविधि विकास हुन पुगेका छन् । जसको माध्यमबाट मानिसहरुलाई सक्कली जस्तै देखिने इमेल, म्यासेज र नोटिफिकेसन जस्ता सूचनाहरु पठाउन सकिन्छ ।

यदि तपाईंलाई प्राप्त हुने ती इमेल तथा नोटिफिकेसनलाई सत्य मान्नुभयो भने तपाईं साइबर ठगीमा पर्न सक्नुहुन्छ । फ्रडजिपिटीले नक्कली कोड सिर्जना गर्नसक्छ अथवा भाइरस समेत बनाउन सक्छ । यो ग्रुप, वेबसाइट अथवा डिजिटल मार्केटप्लेसमा घुस्नको लागि फिसिङ पेज अथवा ह्याकिङ प्रविधिको समेत विकास गर्न सक्छ । जबकी सो माध्यमबाट साइबर अपराधीलाई काम गर्न निकै सजिलो हुन जान्छ ।

डिजिटल बजारमा उपलब्ध छन् यी प्रविधि
डार्क वेब फर्जी प्रकारका एआई प्रविधि सजिलैसँग बिक्रीकालागि राखिएका छन् । फ्रडजिपिटीलाई एम्पायर, डब्लुएचएम, टोरेज, अल्फाबे अथवा वर्सेज जस्ता अन्डरग्राउन्ड मार्केटप्लेसमा बिक्री गर्ने काम भइरहेको छ । सो च्याटबट टेलिग्राममा च्यानलमा पनि बिक्रीका लागि उपलब्ध छ छ । स्रोतअन्ुसार सो च्याटबटलाई दुईसय देखि १७ सय डलरसम्म मासिक शुल्कमा उपलब्ध गराउने गरिन्छ ।

यसलााई फिसिंग, इमेल, मालवेयर वा क्रयाकिङ प्रविधिको निर्माणमा उपयोग गर्न सकिन्छ । च्याटजिपिटी–३ को प्रविधिसँग जोडेर बनाइएको यो च्याटबटले प्रयोगकर्ताको संकेतअनुसार वास्तविक जस्तै देखिने टेक्स्ट सिर्जना गर्न सक्छ ।

ह्याकर्सहरुले यो प्रविधिलाई भ्रामक इमेल तथा म्यासेज तयार गर्नको लागि प्रयोग गर्ने गरेका छन् । जसले गर्दा मानिसहरुलाई लाग्छ की उनीहरुलाई वास्तविक व्यवसायिक केन्द्र तथा बैंकहरुबाट नै आधिकारिक इमेल वा म्यासेज नै प्राप्त भइरहेको छ । त्यसैले यस्तो नक्कली इमेल, म्यासेज तथा नोटिफिकेसनबाट बच्नको लागि उसलाई आफ्नो वास्तविक जानकारी दिनभन्दा अगाडिद आधिकारिक ठाउँमा सम्पर्क गर्न आवश्यक हुन्छ । एजेन्सीको सहयोगमा ।

Share News