नवौं राष्ट्रिय खेलकुदको खर्च १० महिनापछि सार्वजनिक, साढे ५३ करोड खर्च

  २०८० साउन २४ गते १९:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद सकिएको करिब १० महिनापछि खर्च विवरण सार्वजनिक गरेको छ ।
राखेपले बुधबार त्रिपुरेश्वस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरी खर्च विवरण सार्वजनिक गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ६९ लाख चार हजार दुई २९ रुपैयाँ खर्च भएको सदस्यसचिव टंकलाल घिसिङले बताए ।
नवौं राष्ट्रिय खेलकुद गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको थियो ।

निर्वाचन र सरकारद्वारा विनियोजित रकम रोक्का हुनु लगायतका कारणले समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलो भएको बताएको ।

नवाै‌ं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड १० लाख बजेट विनियोजन गरेको थियो । राखेपले आफ्नै स्रोतबाट ५१ लाख ५२ हजार सात सय रकम खेलकुदका लागि छुट्टयाएको थियो ।

नवौं राष्ट्रिय खेलकुदमा सबै रकम खर्च नभएको र बचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको घिसिङले बताए ।

राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने उनले बताए । खेल आयोजना हुनुभन्दा एक वर्ष अगाडि नै त्यसको मोडालिटी पनि तयारी पारिने उनले बताएका छन् । दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.