काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।
अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने कम्पनीले जनाएको छ । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै, यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्ने छन् । कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसंगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्ने कम्पनीले जनाएको छ ।