काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्ड हराएका छन् । टेलिकमले बुधबार जारी गरेको सूचना अनुसार ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएका हुन् ।
नेपाल टेलिकमका अनुसार ५० रुपैयाँ दरका २० हजार कार्ड अर्थात् १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएका हुन् । टेलिकमले ढुवानी गर्ने क्रममा ति कार्ड हराएको जनाएको छ ।
टेलिकमका अनुसार सि.नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएका हुन् । टेलिकमले यदी ति कार्ड कतै भेटिएमा नजिकैको दुरसंचार कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।