डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा अग्रवाल नियुक्त

  २०८० साउन २२ गते २०:०५     विकासन्युज

काठमाडौं । नेपालका लागि डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा गौरव अग्रवाल नियुक्त भएका छन् ।
अग्रवाल काठमाडौं मेरियट होटलको प्रबन्ध निर्देशक छन् ।

वाणिज्यदूतमा अग्रवालको नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक पक्षको प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताएका छन् ।

अग्रवालले नेपाल र डोमेनिक रिपब्लिकबीचको मित्रता र सहयोगलाई बढावा दिनेतर्फ ध्यान दिने बताएका छन् ।

डोमेनिक रिपब्लिकले नेपालसँग पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा सहकार्य गर्न सक्ने अग्रवालले बताए । त्यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.