शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल

  २०८० साउन २२ गते १३:२३     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा चयन गरेको हो ।

यसअघि अध्यक्ष एवम् सञ्चालक रहेका राजेन्द्र प्रसाद श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएपछि अग्रवाललाई चयन गरिएको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिए ।

श्रेष्ठको राजीनामा गत शुक्रवार बसेको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । अग्रवाललाई आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.