विद्युत उत्पादन कम्पनीको सीईओमा शाही नियुक्त

  २०८० साउन १८ गते १४:१३     विकासन्युज

काठमाडौं । विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबहादुर शाही नियुक्त भएका छन् ।

भीयूसीएलको बिहीबार विहान बसेको सञ्चालक समिति बैठकले सीईओमा शाहीलाई नियुक्त गरेको हो ।

दैलेखका शाही सीईओमा विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.