प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर, को हुन् उनी ?

  २०८० साउन १७ गते १२:४२     विकासन्युज

काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक सिमितको बुधबार बसेको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो ।

कामु सीईओ मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्काे व्यवस्था नभएसम्म सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव सँगालेका कामु सीईओ मानन्धर चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । उनले भारतबाट सीए गरेका हुन् । उनी प्राइम बैंकमा १६ वर्षदेखि कार्यरत छन । त्यसअघि उनले विश्व बैंकले लागू गरेको राष्ट्रिय वाणिज्य बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रममा काम गरेका थिए ।

काठमाडौंको बालाजु घर भएका मानन्धर कर्जा तथा जोखिम व्यवस्थापनमा दख्खल ब्यक्ति हुन् । बैंक स्रोतका अनुसार हाललाई कामु सीईओको जिम्मेवारी दिएको भएपनि मानन्धरलाई नै सीईओको पूर्ण जिम्मेवारी दिने तयारी छ ।

५५ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध रहेका नारायणदास मानन्धरको कार्यकाल गत साउन १६ गतेदेखि सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.