
काठमाडौं । सोमबारदेखि नेपालमा पनि चर्चित च्याटबट एप च्याटजिपिटीको मोबाइल एप्लिकेसन शुरु भएको छ । नेपाली एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले अब गुगल प्ले स्टोरबाट च्याटजिपिटी डाउनलोड गरेर यसको सेवा लिन सक्ने भएका छन् ।
नेपालमा सोमबारदेखि डाउनलोड गरेर प्र्रयोग गर्न सकिने गरि आएको च्याटजिपिटीको मोबाइल एप्लिकेसन भने खासै उपयोगी नभएको देखिएको छ । च्याटजिपिटीको मोबाइल एप्लिकेसनमा पटक-पटक लगइन गरिरहनपर्ने झन्झट नभएपनि चाहेको जानकारी भने पाउन नसकिने देखिन्छ ।
मोबाइलमा च्याटजिपिटीको निःशुल्क प्रयोग गर्ने प्रयोगकर्ताहरुले सोधेको विषयको जानकारी निकै छोटो मात्रै प्राप्त गर्न सक्छन् । साथै वेबसाइटमा जस्तो थप जानकारी पाउने सुविधा पनि सो एप्लिकेसनमा रहेको छैन ।