२०८० साउन १४ गते ८:०० विकासन्युज
काठमाडौं । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ । आइतबार सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदार आवश्यक परेको हुँदा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ ।
नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ ।
साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । र, इच्छुक आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.