२०८० साउन ४ गते १७:२० विकासन्युज
काठमाडौं । नेपालका राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाल चेस वर्ल्ड कप २०२३मा सहभागी हुने भएका छन् । स्थानीय प्रतिभालाई बढावा दिन र चेसको खेललाई प्रवद्र्धन गर्नका लागि डिश मिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित एफआईठीई चेस वर्ल्ड कप २०२३ मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो ।
एफआईठीई चेस वल्र्ड कप २०२३ बाकु, अजरबैजानमा, ३० जुलाईदेखि २४ अगस्टसम्म हुँदै छ । विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्र्तराष्ट्रिय मञ्चमा प्रवद्र्धन गर्ने अवसरको रुपमा लिएको छ ।
कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोष मार्फत एफआईठीइ चेस विश्व कप २०२३ मा सहभागी हुन आवश्यक आर्थिक सहयोग गर्ने छ । कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्न र नेपालमा चेस खेलको विकासमा योगदान पुर्याउन विश्वास लिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.