२०८० असार २३ गते १४:३९ गोबिन्द राज ओझा (राजन)
म अझै पनि तिम्रो बारेमा सोच्छु
तिम्रो बारेमा सोच्दै आफूलाई व्यस्त राख्छु
मैले देख्ने सपनीमा पनि तिमिलाई देख्छु
साँचो कुरा भन्नुपर्दा दिलबाट माया गर्छु
मलाई प्रेम मनाउन दिवस चाहिँदैन सधैँ प्रेम गर्नेछु
टाढा कहिले नसोच सधैँ साथमा रहनेछु
कुनै पनि कुराले म टाढा रहन सक्दैन
म तिमीलाई माया गर्न कहिल्यै छोड्ने छैन
म तिमीलाई माया गर्छु र तिमीलाई सम्झन्छु
म टाढा भए पनि मनमा माया राखेको छु
तिमि बिनाको दिनको कुनै अर्थ छैन
तिम्रो लागि मेरो माया कहिल्यै कम हुनेछैन
मैले तिमिले भनेका कुरा सुन्नुपर्छ
मैले तिम्रो कोमल स्पर्श महसुस गर्नुपर्छ
तिम्रो छेउमा हुन पाउँदा म सम्मानित छु
तिम्रो मनमा मैले मेरो घर पाउँछु
तिम्रो आँखाले मेरो आत्मालाई नियन्त्रण गर्छ
तिमी नै हो मेरो जसलाई मनले माया गर्छ
Copyright © 2024 Bikash Media Pvt. Ltd.