निजी क्षेत्रका दुई संगठनबीच सहकार्य हुने, अर्थतन्त्रमा सुखद नतिजा ल्याउने

  २०८० असार १९ गते ८:०२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ । महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई वधाइ एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका हुन् ।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेश कुमार अग्रवाललाई वधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेकाले सहकार्य आवश्यक रहेको वताए । विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएको बताउँदै उनले अब पनि यसलाई निरन्तरता दिनुपर्ने बताए ।

महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विहीबार संयुक्त रुपमा आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्ने तयारी थालेका छन् । जसले सकारात्मक सन्देश दिने अध्यक्ष ढकालले बताए ।

यसैगरि परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरुबीच पनि सहकार्य आवश्यक रहेको बताए । आफूले पनि सहकार्यलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र मन्दीमा रहेको हुँदा संयुक्त रुपमा सुधारका लागि पहल गर्नुपर्ने बताए । परिसंघको गत असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.