सुन्दर घलेगाउँ

  २०८० असार ९ गते १०:१६     विकासन्युज

फेवा, रुपा वेगनास पोखराबाट सरर।
बेशीशहर लमजुङ घलेगाँउ हेर्ने रहर।।
घलेगाउँ पुग्ने हाम्रो आस।
बस्नु पर्यो बेसीशहरमा बास।।

मिलिजुली एकत्वमा बसेका थिए रे, बेशीशहरमा विविध थरका जात।
रोपे कस्ले जातीय द्वन्दको विज, आखिरमा हुने भयो तिनको नास।।
पुमाको चौतारीबाट टलकन्छ फाँटमा, अन्नपूर्ण माछापुच्छ्रेको छायाँ।
सुर्यको किरण झैँ झुल्कियो मर्स्याङ्दी, बगेको छ बेशीशहरको दायाँ बायाँ।।

गर्यो स्वागत घले गाउँले बसाएको रहेछ थिति प्रशान्त नामले।
लोभ्याएछौ सबैलाई गुरुङ जातिको अविनासी कृति योग्य कामले।
विभिन्न थर गुरुङ जातिको बासस्थान, चलेछ नाउँ घलेगाउँ ।
स्वनिर्भर चिरस्थायी प्रकृतिको बरदान आहा कस्तो सुन्दर ठाउँ।।

एक गाउँ रहेछ नाम भुजुङ, बसोबास गरेछौ गजाङ गुजुङ।
जन्म देखी मृत्यु पर्यन्तको सभ्य र भव्य संस्कार र संस्कृति।
मातृत्व, भातृत्व, रितिरिवाजले, रोकेछौ समाजिक बिकृति।
रातो छानामा सिंगारिएका घरका छुट्टै पहिचानका कवच।
कहिल्यै नरिसाउने नथाक्ने स्वनतमस्तक रहेछ घले गाउँको लवज।।

गुरुङ थर घलेगाउँ संस्कृति र संस्कार बुझ्न सबै जाने ठाउँ ।
अतिथि देव भवको जिवन्त दिने सत्कार, आहा सबै हेर्न जाउँ।।

कवि :
सूर्य बहादुर कार्की
उप प्रवन्धक
नगर विकास कोष